आदरणीय अभिभावकज्यू,
यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको कारण विद्यालयको बार्षिक परीक्षाफल औपचारिक रुपमा घोषणा गर्न नसकिएको हुँदा बिधुतिय माध्यम प्रकाशित यहाँहरुलाई अवगत नै छ।
यसका साथै प्रविधिको सदुपयोग गर्दै विद्यालयले कक्षा १ देखि कक्षा ४ सम्मका विद्यार्थीहरूका लागि अनलाइन कक्षा शुरू भएको जानकारी गरिन्छ। कक्षा ५ देखि कक्षा १० (SEE को तयारी गर्ने विद्यार्थीहरु पनि) सम्म मिति २०७७।०१।०३ गतेबाट अनलाइन कक्षा सञ्चालन गरेको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छौं ।
अहिले अनलाइन कक्षामा विद्यार्थीहरु जोडिनेक्रम जारी छ । तथापी यस कक्षामा जोडिएका कतिपय विद्यार्थीहरुले सक्रियता देखाउन सकेका छैनन् । यसर्थ आफ्ना नानीबाबुहरुलाई विद्यालयद्वारा सञ्चालित अनलाइन कक्षामा यथाशीघ्र आबद्ध भएर सक्रिय सहभागिता जनाउन वातावरण मिलाइदिनहुन हार्दिक अनुरोध गरिन्छ ।
प्रिन्सिपल