१८बैशाख

Annual Result

Everyone 2077-01-18

आदरणीय अभिभावकज्यू, यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको कारण विद्यालयको बार्षिक परीक्षाफल औपचारिक रुपमा घोषणा गर्न नसकिएको हुँदा बिधुतिय माध्यम बाट भोलि मिति २०७७/०१/१९ गते कक्षा नर्सरी देखि कक्षा ४ सम्मको र मिति २०७७/०१/२१ गते कक्षा ५ देखि कक्षा ७ सम्मको परीक्षाफल प्रकाशित गरिने जानकारी गरिन्छ । यसका साथै प्रविधिको सदुपयोग गर्दै विद्यालयले कक्षा ५ देखि कक्षा १० (SEE को तयारी गर्ने विद्यार्थीहरु पनि) सम्म मिति २०७७।०१।०३ गतेबाट अनलाइन कक्षा सञ्चालन गरेको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छौं । अहिले अनलाइन कक्षामा विद्यार्थीहरु जोडिनेक्रम जारी छ । तथापी यस कक्षामा जोडिएका कतिपय विद्यार्थीहरुले सक्रियता देखाउन सकेका छैनन् । यसर्थ आफ्ना नानीबाबुहरुलाई विद्यालयद्वारा सञ्चालित अनलाइन कक्षामा यथाशीघ्र आबद्ध भएर सक्रिय सहभागिता जनाउन वातावरण मिलाइदिनहुन हार्दिक अनुरोध गरिन्छ । प्रिन्सिपल