२१फाल्गुन

कोरोना भाइरस सम्बन्धि जानकारी

Everyone 2076-11-21

चीनको वुहान राज्यबाट २७ डिसेम्बर २०१९ (२०७६ पौष १४ गते) शुरु भएको कोरोना भाइरस महामारी भएर मानवजीवनलाई हाहाकार बनाएको कुरा सर्व विदितै छ । चीनबाहेक 131 वटा देश समेत गरेर 139,018 जना संक्रमित र 5,116 जनाको मृत्यू भएको हालको तथ्याकंमा उल्लेख भएको छ (https://www.worldometers.info/coronavirus)। यसको असर नेपालमा पनि देखिएकोले आफूलगायत छोरा छोरीलाई हेरविचार गर्न अनुरोध गरिन्छ । कोरोना भाइरस कसरी सर्छ ? नाकबाट निस्किने सिँगानबाट, फोहोरी हातबाट, राम्ररी नपकाइएको माछा, मासु र तरकारीबाट, भाइरस प्रभावित मानिसको सम्पर्क बाट लक्षण के कस्ता हुन्छन् ? सिँगान बगिरहनु, घाँटी सुक्नु साथै दुख्नु, पखाला लाग्नु, वान्ता(उल्टी) हुनु, लगातार टाउको दुख्नु, लगातार ज्वरो आउनु, सास फेर्न अप्ठ्यारो हुनु भाइरसबाट बच्ने तरिकाहरु राम्ररी साबुनपानीले हात धुने, तरकारी राम्ररी धोएर पकाउनु, घर वाहिर जाँदा सकेसम्म मास्क प्रयोग गर्ने, भीड भएको ठाउँमा सकभर नजाने